
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।
सोमबार बिहान फेसबुक स्टाटस लेख्दै पौडेलले समयमै महाधिवेशन नगरी कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्नुपर्ने निरिह अवस्थामा पुर्याइएको टिप्पणी गरेका छन् ।
'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो,' पौडेलले लेखेका छन्, 'संविधानलाई समातेर छ महिना बढाइयो ।'
अहिले आएर उक्त समयभित्र पनि महाधिवेशन नगरेर कांग्रेसलाई निरीह अवस्थामा पुर्याइएको पौडेलले बताएका छन् ।
'यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?' पौडेलले लेखेका छन्, 'यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन् ।'