२३ असार २०८३, मंगलबार

तनहुँमा यात्रुवाहक बस दुर्घटना

तनहुँमा यात्रुवाहक बस दुर्घटना

तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको  ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ । 

बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्