३१ जेठ २०८३, आइतबार

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित भएका छन् । 

सीटीईभीटी केन्द्रीय कार्यालय प्रमुखलाई खबरदारी पत्र बुझाउँदै तत्काल तेस्रो वर्षका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न आग्रह गरिएको छ ।

‘समयमा विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थीहरूले धेरै अवसर गुमाउनु परेको छ,’ खबरदारी पत्रमा भनिएको छ, ‘तीन वर्षको कोर्स पाँच वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशनमा ढिलाइ हुनुमा दोष कसको छ ?’ 

कति विद्यार्थी, अभिभावकहरू ‘डिप्रेसन’को शिकार हुन थालेको विद्यार्थीहरूले बताएका छन् । 

सीटीईभीटीका सम्पूर्ण विद्यार्थीहरूका तर्फबाट बुझाइएको पत्रमा माग पूरा नभए कडा कदम चालिने चेतावनी पनि दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्