
विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गर्दै एमाले स्थायी कमिटीको बैठक सकिएको छ । केन्द्रीय कमिटीको बैठक सोमवार दिउँसो बस्दैछ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा सोमवार बिहान बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनबाट एमालेले विधान संशोधनको तयारी गरिएको छ । सोमवारको बैठकमा माधव नेपाल पक्षको सहभागिता थिएन ।
स्थायी कमिटीले पारित गरेको प्रस्तावमा छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ ।