१७ असार २०८३, बुधबार

सामान्य अंकले बढ्यो नेप्से, ८ कम्पनीको कारोबारमा सकारात्मक सर्किट, कुन कुनको बढ्यो मूल्य ?

सामान्य अंकले बढ्यो नेप्से, ८ कम्पनीको कारोबारमा सकारात्मक सर्किट, कुन कुनको बढ्यो मूल्य ?

सोमवार शेयर बजार सामान्य अंकले वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक १.५४ अंकले बढ्दै ३१०९.६६ विन्दुमा पुगेको थियो ।

नेप्से परिसूचक बढेपनि सेन्सेटिभ सूचक भने घटेको छ । 

सोमवार सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घट्दै ५७५.९५ विन्दुमा झरेको छ ।

कुल २ सय २४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता शेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् । 

यस दिन जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, अन्य तथा जीवन बीमा समूहको सूचक बढेको छ भने बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा निर्माण, माइक्रोफाइनान्स, मुचुअल फण्ड तथा इन्भेष्टमेन्ट समूहको सूचक घटेको छ । 

सोमवार विभिन्न ८ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भई सर्किट ब्रेक लागेको छ ।

आइसीएफसी फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेको हो । 

कारोबार रकमका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६६ करोड ९९ लाख २० हजार ६ सय १३ रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । 

यस्तै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ५८ करोड २ लाख १२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्