२४ जेठ २०८३, आइतबार

रुसको क्षेप्यास्त्रप्रतिरोधी एस–४०० लाई ध्वस्त पार्न अमेरिकाले ल्यायो खतरनाक हतियार

साउन २५, २०७८
रुसको क्षेप्यास्त्रप्रतिरोधी एस–४०० लाई ध्वस्त पार्न अमेरिकाले ल्यायो खतरनाक हतियार

अमेरिकाले एन्टी रेडिएसन मिसाइल एजीएम–८८ हार्मको अत्याधुनिक संस्करणको सफल परीक्षण गरेको छ । 

यस नयाँ क्षेप्यास्त्रले शत्रुको राडार सिस्टम तथा एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाउन सक्छ । कतिपय विशेषज्ञहरू यो रुसको ब्रह्मास्त्र मानिने एस–४०० क्षेप्यास्त्रप्रतिरोधलाई ध्वस्त पार्ने क्षेप्यास्त्र हो भन्छन् । 

अमेरिकाको जलसेनाले बयान जारी गरेर एफ/ए–१८ई/एफ सुपर हार्नेट लडाकू विमानमार्फत अत्याधुनिक क्षेप्यास्त्र पहिलोपटक प्रहार गरेको जानकारी दियो । यस क्षेप्यास्त्रले आफ्ना सबै लक्ष्य पूरा गरेको पनि अमेरिकी जलसेनाले बतायो । शत्रुले डिफेन्स नेटवर्क तैनाथ गरेको स्थानमा यस क्षेप्यास्त्रले ध्वस्त पार्छ । 

यस क्षेप्यास्त्रले २३० किलोमिटर परसम्म निशाना लगाउन सक्छ । यसको परीक्षण गत जुलाई १९ मा पोइन्ट मूगू सी टेस्ट रेन्जको तटमा गरिएको थियो । आकाशमा आएको क्षेप्यास्त्रलाई नष्ट जमीनबाट नष्ट गर्न यो समर्थ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्