२० असार २०८३, शनिबार

ब्युटिसियनको सुझाबः गर्मीमा छालाको स्याहार यसरी गर्नुस्

कात्तिक २०, २०७४
ब्युटिसियनको सुझाबः गर्मीमा छालाको स्याहार यसरी गर्नुस्


गर्मी मौसममा घामको पराबैजनी किरणले अनुहार तथा शरीरका खुला भाग डढाउने खतरा हुन्छ । त्यसैले बाहिर निस्कँदा शरीरमा लगाउने पहिरन र अनुहार तथा छालामा प्रयोग गरिने सन प्रोटेक्सन क्रिममा विशेष ध्यान दिनु जरुरी हुन्छ । छालाअनुसार एडजस्ट गर्ने क्रिम प्रयोग गरिएन भने विभिन्न किसिमका एलर्जी र डन्डिफोर आउने खतरा रहन्छ ।

घामबाट छाला जोगाउन लगाइएको क्रिमले उल्टै छालामा थप असर पु-याउन सक्छ । घाम या क्रिमले छाला डढिसकेको छ भने तत्काल उपचार प्रक्रियामा लाग्नुपर्छ । नत्र डेडसेल र डन्डिफोरका दागले अनुहार र शरीरलाई कुरूप बनाउँछ । घामबाट छाला जोगाउन सुरुमा आफ्नो छालाको प्रकार चिन्नु जरुरी हुन्छ । छालाको प्रकारअनुसार नै बजारबाट सन्सक्रिम खरिद गर्नुपर्छ । गर्मी मौसममा छालालाई जोगाउने केही उपायबारे ब्युटिसियन अर्बिना श्रेष्ठको सुझाब नयाँ पत्रिकामा प्रकाशन भएको छ ।

 गर्मी मौसममा अत्यधिक पसिना आउने आयली स्किनमा विभिन्न समस्या आउने गर्छ । अत्यधिक पसिना आउँदा अनावश्यक चिल्लो निस्कने र डन्डिफोर आउने हुन्छ । त्यसैले यस्तो अनुहार तथा छालामा पाउडर सन्सक्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाहेक विभिन्न प्रोडक्टका आयल फ्री क्रिम पनि प्रयोग गर्न सकिन्छ ।

सुक्खा छाला हुनेहरूले भने घामप्रतिरोधी सन्सक्रिम प्रयोग गर्दा हुन्छ । तर, गर्मी मौसममा एसपिएफ ३० भएको क्रिम उत्तम हुन्छ । यसले खस्रो र सुक्खा छालालाई नरम र चम्किलो बनाउँछ ।

कतिपयको छाला निकै नरम र संवेदनशील हुन्छ । अति संवेदनशील छालाको स्याहार पनि निकै जटिल हुन्छ । यस्तो छालालाई जस्तो पायो त्यस्तो सन्सक्रिम प्रयोग गर्दा अनुहार थकित र कालो देखाउँछ । घाममा निस्किनेबित्तिकै यस्तो छाला रातो भएर तत्काल डढ्छ । संवेदनशील छाला हुनेले ‘आयल फ्री’ र ‘एसपिएफ ३०’ प्रयोग गर्दा उत्तम हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्