०१ असार २०८३, सोमबार

'मार्सी झ्याप' सहित ३ भेरियन्ट लिएर बजारमा आयो मार्सी बियर

'मार्सी झ्याप' सहित ३ भेरियन्ट लिएर बजारमा आयो मार्सी बियर

टाइगर्स ब्रुअरीको उत्पादन मार्सी बियर नेपाली बजारमा आएको छ ।

मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी तीन प्रकारको बियर बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

जुम्लामा फलेको उच्चस्तरीय चालमले बनेको मार्सी बियर नाममात्रले नेपाली नभई स्वाद र अनुभवमापनि नेपाली नै रहेको कम्पनीको दावी छ ।

 “मार्सी चामल”को चौतर्फी चर्चा र ग्राहकहरूको मागसँगै सोही मार्सी चामलले नै बनेको मार्सी बियर बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ,'मार्सी बियर विशुद्ध नेपाली उत्पादन हो । नेपालमा नै केही गर्छु र नेपालीहरूकै लागि केही गर्छु भन्ने चाहना र हुटहुटी भएका मनैले नेपाली पारखीहरूका लागि मार्सी बियर पहिलो र सर्वोत्कृष्ट रोजाइ हुन सक्छ । नेपाली माटोको स्वाद लिएर बजारमा आएको मार्सी बियर अन्य बियरहरूभन्दा बिछट्टै फरक स्वादको पनि छ ।'

३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध मार्सी बियर जमघटहरूमा होओस् वा बियरको आनन्द लिनेहरूका लागि होओस्, सबै अवसरहरूका लागि उपयुक्त रहेको कम्पनीको दावी छ । 

मार्सी बियरलाई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको छ । 

साधारणतया रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादका हुन्छन् जसमा अन्न आफैको स्वाद आउँदैन । तर मार्सी बियरले “नेपाली माटोको स्वाद” अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको छ । 

यसरी जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरहरूभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा सो स्वाद रहिरहने जानकारी बियरका विज्ञहरूले वैज्ञानिक रूपमा नै प्रमाणित गरिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्