२५ जेठ २०८३, सोमबार

'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम' सकारात्मक -परिसंघ

'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम' सकारात्मक -परिसंघ

वर्तमान सरकार सञ्चालनका लागि जारी गरिएको 'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम'ले कोभिड – १९ को महामारी नियन्त्रण, औद्योगीकरण, र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको नेपाल उद्योग परिसंघले जनाएको छ। 

सो कार्यक्रममा भएको उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइने विषयले नेपाल उद्योग परिसंघले अघि बढाएको 'मेक इन नेपाल स्वदेशी-अभियान'लाई विशेष टेवा दिने विश्वास लिएको समेत परिसंघले जनाएको छ । यअभियानको मुख्य उद्देश्य पनि उत्पादनमुखी अर्थतन्त्रको निर्माण नै रहेको परिसंघको भनाइ छ। 

परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन र उपभोग वृद्धिका लागि यो अभियान सञ्चालन गरेको छ।

'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा' स्वदेशी सामानको उत्पादन तथा उपभोगमा जोड दिने र आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूलक उद्योगमा जोड दिने घोषणा हुनुले नेपाललाई औद्योगिकरणको बाटोमा लैजाने र नेपाली वस्तुकै उपभोग वृद्धिमा सहयोग गर्ने विश्वास लिएको परिसंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्