
रौतहटको ईशनाथ नगरपालिका-४ कालीमन्दिर नजिकबाट ९ लाख ९३ हजार रूपैयाँ जाली नोटसहित तीन जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भंगाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दीपेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा एक हजार रूपैयाँ दरका जाली नेपाली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।