२७ जेठ २०८३, बुधबार
सत्ता फेरबदलका बाछिटा

‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी... ओली याद आउने सबै चीजहरू’

‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी... ओली याद आउने सबै चीजहरू’
फाइल तस्वीर।

प्रेमध्वज प्रधानको कालजयी गीत ‘पर लैजाऊ फूलहरू, छोपिदेऊ तारा जुन, बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चीजहरू’ आज पनि उत्तिकै मर्मस्पर्शी लाग्छ । 

यही गीतको शैलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा आक्रोश पोखे ।

‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चीजहरू,’ उनले भने । 

पुराना नियुक्तिहरू खारेज गर्ने, भूमिसम्बन्धी आयोग खारेज गर्नेलगायतका निर्णय सरकारले गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । 

‘भूमिहीन र सुकुम्वासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो । पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो,’ उनले भने, ‘हामी शसक्त प्रतिपक्षको भूमिका खेल्छौँ । सडक र सदनमा सशक्त र प्रभावकारी भूमिका खेल्छौँ । सिँगौरी खेल्न आए सिङ भाँचिने छ ।’

उनले राष्ट्रको उपलब्धि वर्तमान सरकारलाई समस्या भएको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समस्या भनेर पो आएछ नीति कार्यक्रममा बिचरा राष्ट्रको यत्रो उपलब्धि कम्फरटेबल गठबन्धनलाई समस्या भएछ,’ उनले भने । 

उनले एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेकाले देउवा सरकार परमादेशबाट बन्दै गरेको सरकार भएको बताए ।  ‘पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ ? भन्ने पार्टीहरूको किचलो छरपस्ट भएको छ  के अब आफ्नो पार्टी र गठबन्धनको समस्याका कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?,’ उनले प्रश्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्