२१ जेठ २०८३, बिहीबार

लुम्बिनीमा अर्काे ‘अपहरण’को डर : विपक्षी गठबन्धनका सांसद एउटै रिसोर्टमा

साउन २५, २०७८
लुम्बिनीमा अर्काे ‘अपहरण’को डर : विपक्षी गठबन्धनका सांसद एउटै रिसोर्टमा

आगामी बुधवारका लागि आह्वान गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनलाई लक्षित गरेर विपक्षी गठबन्धनले आफ्ना सांसदलाई एकैठाउँमा जुटाउने तयारी गरेको छ ।

विपक्षी गठबन्धनले आफ्ना सांसद अपहरण हुने डरले एकैठाउँमा जम्मा पारेको छ । 

कपिलवस्तुको बाणगंगास्थित राजापानी रिसोर्टमा ४ दलीय विपक्षी गठबन्धनका सबै सांसदलाई राख्ने तयारी गठबन्धनले गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेलाई विशेष अधिवेशन आह्वान गरेका छन् ।  

बहुमत ४१ सांसदलाई एकढिक्का बनाएर वर्तमान शंकर पोखरेल नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने गरी एकैठाउँमा राख्ने तयारी भइरहेको माओवादी केन्द्रमा एक सांसदले जानकारी दिए ।

सोमवार साँझसम्म सांसदहरू एकैठाउँमा जम्मा हुन लागेका उनले बताए । ‘हामी एक ढिक्का छौं । ३ महिनादेखिको अल्पमतको सरकारको विपक्षमा मतदान गरी नयाँ सरकार बनाउन गठबन्धन तयार छ,’ ती सांसदले भने ।

नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया पनि अहिले कपिलवस्तुमै छन् ।
 
कनौडियाले सबै पार्टीका आ–आफ्नो संसदीय दलको बैठक बसेर संयुक्त बैठक गर्ने तयारी भइरहेको बताए । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले एकैठाउँमा बस्ने कि भनेर परार्मश भइरहेको बताए । राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले असुरक्षित महसूस भएका सांसदहरू बस्ने कुरा भएको बताइन् ।

सर्वोच्चले जसपाका ३ सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेललाई झनै झड्का लागेको छ । 

जसपाकी सांसद पुर्मती ढेंगा पनि केही दिनअघि पार्टीबाट सम्पर्कविहीन भएकी थिइन् । पछि उनी पार्टीको सम्पर्कमा आएकी थिइन् । नेकपाबाट निर्वाचित सांसद विमला वलीले पनि आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । अहिले लुम्बिनीमा सांसद तानातान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्