०५ असार २०८३, शुक्रबार

थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ संक्रमितको मृत्यु

थप ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १६ हजार ५९४ जनाको परीक्षण गर्दा एन्टिजेनबाट १ हजार ४२ र पीसीआरबाट २ हजार ६०९ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७८४ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ६ लाख ७१ हजार ८३ संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुने दर ९३.५% रहेको छ ।

कोरोनाले थप २२ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या १० हजार ११५ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्