
१ नम्बर प्रदेशमा कोभिड–१९ बाट ९५४ जना थप संक्रमित भएका छन् ।
१ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा २५७, मोरङ १३८ मध्ये विराटनगर ६१, सुनसरी ९९, इलाम १९, धनकुटा १८, उदयपुर ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।
३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण २ महिलासहित ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।