
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले ११ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
आइतबार नौ र आज दुई गरी ११ फरार प्रतिवादीलाई सो टोलीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार सम्बन्ध विच्छेद, चेक अनादर र जुवा मुद्दाका एक÷एक, घरेलु हिंसाका दुई, अंशबन्डा मुद्दाका चार गरी जम्मा नौजना फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको छ । त्यसैगरी, आज पक्राउ पर्नेमा कुटपिट मुद्दाका एक र जुवा मुद्दाका एक रहेका छन् ।