१८ असार २०८३, बिहीबार

मैले एकजनालाई हेलिकप्टरबाट खसालिदिएँ : फिलिपिनो राष्ट्रपति

कात्तिक २०, २०७४
मैले एकजनालाई हेलिकप्टरबाट खसालिदिएँ : फिलिपिनो राष्ट्रपति
काठमाडौं, १४ पुस — फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले एकजना मानिसलाई कुनै बेला हेलिकप्टरबाट फालेको र मौका मिले फेरि त्यसो गर्ने बताएका छन् ।


बलात्कार र हत्याको आरोप लागेका एक चिनियाँलाई यसरी हेलिकप्टरबाट हु–याएको उनले बताए ।

उनले भने, ‘तिमी भ्रष्ट छौ भने म तिमीलाई मनिलामा हेलिकप्टर लिएर खोज्छु अनि फ्याँकिदिन्छु । मैले पहिला पनि यस्तो गरेको छु, फेरि किन नगर्नु ?’

डुटेर्टेका प्रवक्ताले पुरानो घटना अफवाह मात्र भएको बताए ।

डुटेर्टेले दभाओ शहरको मेयरका रूपमा २२ वर्षमा थुप्रै मान्छे मारेको स्वीकारेका छन् । मोटरसाइकलमा चढेर शहरका सडकहरूमा लागूऔषध व्यापारीलाई खोज्दै गोली हानेको उनले बनाए ।

उनका टिप्पणीमाथि अन्तर्राष्ट्रिय रूपमा भर्त्सना भएको थियो र अमेरिका तथा संयुक्त राष्ट्रसंघसँग तनाव बढाएको थियो ।

गत मे महिनामा डुटेर्टेले चुनाव जितेयता लागूऔषध नियन्त्रणका क्रममा ६ हजार एक सय मानिसको ज्यान गइसकेको हो ।

आलोचनाका बाबजुद डुटेर्टेले रक्ताम्मे अभियान जारी राखेका छन् ।

स्काई न्युज


salt training

कमेन्ट गर्नुहोस्