अक्षय कुमार पछिल्ला दिनहरूमा आफ्नो अपकमिङ फिल्म बेल बटमको रिलिजलाई लिएर चर्चामा छन् ।
यसका अलवा उनी टोक्यो ओलम्पिकमा गोल्ड मेडल जित्ने नीरज चोपडाको फोटोजस्तै आफ्नो एक फोटोको मीमका कारण चर्चामा छन् ।
अहिले नीरजको फोटोसँगै अक्षयको एक तस्वीर भाइरल छ, जुन फिल्म सौगन्धको हो ।
सामाजिक सञ्जालमा भाइरल यस मीममा अक्षय कुमारको हाथमा डन्डी रहेको छ ।
नीरज चोपडाले एक अन्तर्वार्तामा आफ्नो बायोपिक बने त्यसको लीड रोल अक्षयले निभाउने बताएका थिए ।
अक्षयले पनि भनेका छन्, बायोपिक बन्यो भने त्यसमा लीड रोल निभाउँछु ।
अक्षयले नीरजको फोटो शेयर गर्दै बधाई समेत दिएका छन् ।
It’s a GOLD 🥇Heartiest Congratulations @Neeraj_chopra1 on creating history. You’re responsible for a billion tears of joy! Well done #NeerajChopra! #Tokyo2020 pic.twitter.com/EQToUJ6j6C
— Akshay Kumar (@akshaykumar) August 7, 2021