११ असार २०८३, बिहीबार

गोदाममै कुहियो वितरण गर्न ल्याइएको चामल

साउन २६, २०७८
गोदाममै कुहियो वितरण गर्न ल्याइएको चामल
प्रतिकात्मक तस्वीर

दैलेखको नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल २ वर्ष गोदाममै थन्कियो । 

असिना पीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो ।

असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयलाई भोकमरीको चपेटामा पर्न नदिन ५ ट्रकभन्दा बढी चामल खरिद गरिएकामा केही वडा–वडामा वितरण गरिएको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले जिम्मेवारी पाउनुभन्दा करीब २ वर्षअघिको विषय भएको र बिग्रिएको चामललाई मुचुल्का उठाएर बिर्सजन गरिएको बताए ।

गाउँमा निरन्तरको कोभिडको समस्याले धेरै समय गोदाममै रहेपछि चामल बिग्रिएको उनको भनाइ थियो ।  

जनताले तिरेको करबाट खरिद गरिएको चामल गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण कुहिएकाले आक्रोशित जनसमूहले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको स्थानीय छेत्रप्रताप सुवेदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्