०५ असार २०८३, शुक्रबार

बिहीवारदेखि मनसुन फेरि सक्रिय हुने

साउन २६, २०७८
बिहीवारदेखि मनसुन फेरि सक्रिय हुने
प्रतिकात्मक तस्वीर

आगामी बिहीवारदेखि मनसुन सक्रिय हुने भएको छ ।

बिहीवारदेखि बिस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

बिहीवार प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रवार, शनिवार प्रदेश नम्बर १, २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नम्बर १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नम्बर १, बागमती र लुम्बिनी प्रदेशका १–२ स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना  रहेको बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्