२२ जेठ २०८३, शुक्रबार

पहिरो खस्दा सडकबाट तिनाउ खोलामा खस्यो जीप, चार जना घाइते

पहिरो खस्दा सडकबाट तिनाउ खोलामा खस्यो जीप, चार जना घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा मंगलवार बिहान पहिरोमा पर्दा जीप दुर्घटना भएको छ । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार माथिबाट खसेको ढुंगाले लागेर बा १८ च ७३३६ नम्बरको स्कार्पियो जीप सडकबाट तल तिनाउ खोलामा खसेको हो । 

दुर्घटनामा परी चारजना घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको पाण्डेले जानकारी दिए । 

ढुंगा लागेर गाडी सडकबाट १०० मिटर तल तिनाउ नदीमा पुगेको छ । घाइतेको अवस्थित गम्भीर छ । उनीहरूको परिचय खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्