०५ साउन २०८३, मंगलबार

मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर पुनः स्थापनाको प्याकेज ल्याउन शेरबहादुर तामाङको माग

मेलम्ची र हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर पुनः स्थापनाको प्याकेज ल्याउन शेरबहादुर तामाङको माग

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद शेरबहादुर तामाङले बाढीले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र पुनःस्थापनाको प्याकेज ल्याउन माग गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तामाङले मेलम्ची र हेलम्बु क्षेत्रमा अहिलेसम्म राहत नपुगेको बताएका हुन् । 

‘मेलम्ची र हेलम्बु क्षेत्र रोइरहेको छ, सरकार पुगेको छैन र राहतको नाममा चामल र टेन्ट पुगेको छैन । छिटोभन्दा छिटो संकटग्रस्त गरेर राहात र पुनःस्थापनाको प्याकेज ल्याउन माग गर्दछु,’ तामाङले भने ।

असार १ र साउन १७ गते मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा व्यापक क्षति गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्