२४ जेठ २०८३, आइतबार
संसद‍्मा प्रतिपक्षी दलका नेताको सम्बोधन

संसद्‍मा ओलीको टिप्पणी- सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी आँगनमा रमाएजस्तो किन होला ?

संसद्‍मा ओलीको टिप्पणी- सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी आँगनमा रमाएजस्तो किन होला ?
फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अस्वाभाविक ढंगले सरकार गठन भएपछि सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी रमाएजस्तो रमाइरहेको टिप्पणी गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सरकार गठन भएको एक महिनासम्म पनि खुशीयाली चलिरहेको टिप्पणी गरेका हुन् । 

‘सत्तापक्षका सांसदहरू सदनमा दशैँमा केटाकेटी रमाएजस्तै रमाइरहेको देखिन्छ, सरकार गठन भएको एक महिनासम्म धन्यवाद र बधाई के को लागि ?,’ ओलीले प्रश्न गरे । 

ओलीले सरकारले सुकुम्वासी आयोग विघटन गरेर सुकुम्वासीको घाँटी सेर्ने काम गरेको आरोप लगाए । प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीले पहिलोपटक संसद्मा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को बैठकमा उपस्थित छन् । 

प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्