
काठमाडौं, २९ जेठ - थाई नेपाली संघ फूकेटले स्वर्गिय महाराज भूमीबोल अतुल्यतेजको स्मृतीमा फूकेट स्थित भगवतधाम सनातन मन्दिरमा सामूहिक रक्तदान को कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
उक्त अबसरमा ८६ जना फूकेट निवासी नेपालीहरूले रक्तदान गरेका छन् ।
प्रत्येक बर्ष यसरी नै सामूहिक रक्तदान आयोजना गरिँदै आएको छ । रक्तदानको कार्यक्रम प्रत्येक वर्ष दुई पटक गर्ने तयारी समेत भएको छ ।