०७ असार २०८३, आइतबार

श्वेतपत्र कुनै सरकारको प्रतिशोध पत्र हैन, वर्तमान परिस्थितिको ऐना हो : अर्थमन्त्री शर्मा

श्वेतपत्र कुनै सरकारको प्रतिशोध पत्र हैन, वर्तमान परिस्थितिको ऐना हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र कुनै सरकारको प्रतिशोध पत्र नभएको बताएका छन् ।

मंगलवार श्वेतपत्र सार्वजनिक गरेपछि संसदमा  सांसदहरूले उठाएका प्रश्नलाई जवाफ दिँदै उनले यथार्थ पत्र प्रस्तुत गरिएको तर अघिल्लो सरकारको प्रतिशोध नगरिएको बताए ।

उनले तथ्यांकलाई तोडमोड गरेर नबुझ्न समेत आग्रह गरेका छन् । 

उनले भने,‘अघिल्लो सरकारलाई आरोपित गरेको भन्ने  अर्थ नलगाउँदा राम्रो हुनेछ । यो वर्तमान परिस्थितिको ऐना हो ।’

उनले विगतका केही कमिकमजोरी भने राखिएको बताउँदै आरोपको रुपमा नभएर शिक्षाको रुपमा राखिएको बताए । 

उनले तथ्यांकलाई कतै पनि नबंगाएको समेत दावी गरेका छन् । 

उनले कोरोना भाइरसविरुद्धको खोपमा भएको कालोबजारी नियन्त्रणका लागि सरकार गम्भीर भएर लाग्ने बताएका छन् । 

यस्तै प्रतिस्थापन विधेयक आउँदा सांसद साझेदारी कार्यक्रम जनचाहना अनुसार नै ल्याउने उनले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्