
चर्चित भारतीय कमेडियन भारती सिंहले इन्गेजमेन्ट गरेसँगै उनको विहेबारे चर्चा शुरु भएको छ ।
उनले सामाजिक सञ्जालमा आफूले इन्गेजमेन्ट गरेको तस्वीर पोस्ट गरेपनि विवाहको मिति भने खुलाएकी छैनन् । तर भारतीय सञ्चार माध्यमहरुले तीन महिना भित्रमा उनीहरुको लगनगाठो कसिने बताएका छन् ।
मिल्ने साथीका रूपमा प्रस्तुत हुँदै आएका हर्ष लम्बिाचियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् जसका लागि उनल इन्गेजमेन्ट गरेकी छिन् ।
सामाजिक सञ्जालमा तस्वीर राखेकी उनले फोटोमा ‘अविस्मरणीय क्षण’ भन्दै क्याप्सन पनि लेखेकी छिन् ।
परिवार र निकटका साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेकी भारती आफूसँगै ‘नच बालिए’को आठौँ संस्करणमा सहभागी हर्षसँग नजिक थिइन् । त्यसो त यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको हल्ला पनि फैलिएको थियो । तर त्यसबेला फैलिएको इन्गेजमेन्टको हल्लामात्रै प्रमाणित भएको छ ।