१२ असार २०८३, शुक्रबार

अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउँछु : अर्थमन्त्री शर्मा

अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउँछु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउने बताएका छन्। 

मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ गराउँदै अर्थमन्त्री शर्माले बजेटलाई प्रतिस्थापन गर्ने विधेयकको तयारी भइरहेको बताएका हुन् ।

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको उनले बताए।

अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने बताउँदै कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गरे।

मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए। उनले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क पनि प्रस्तुत गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्