०६ असार २०८३, शनिबार

रोहिंज्या शरणार्थीका लागि कोभिड–१९ खोप अभियान सुरु

साउन २६, २०७८
रोहिंज्या शरणार्थीका लागि कोभिड–१९ खोप अभियान सुरु

 कोरोनाभाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ ।

विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै आएका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६०० व्यक्ति सङ्क्रमित भइसकेका छन् भने २९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ का कारण संसारका जेलमा रहेका कैदीबन्दीलाई समेत मुद्दा हेरेर रिहा गरी जेल जीवनलाई खुकुलो र सुरक्षित बनाएका घटनाहरू सञ्चारमाध्यममा आएका भएपनि शरणार्थी शिविरको भिडभाडयुक्त वातावरणमा पनि सङ्क्रमण नियन्त्रणका लागि लिइनुपर्ने सावधानी नअपनाइएको भनी  विशेषज्ञहरूले आलोचना गर्दै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्