
बलिउडका ३ अभिनेत्री एक साथ चलचित्र पर्दामा आउने भएका छन् ।
प्रियंका चोपडा, आलिया भाट र कटरिना कैफले एक प्रोजेक्टमा काम गरिरहेको बताएका छन् ।
प्रियंकाले हालै एक पोस्ट शेयर गरेकी छिन्, जसमा नयाँ प्रोजेक्टबारे डिटेस्लमा लेखिएको छ । यो फिल्म एक सडक ट्रिपमा आधारित हुने बताइएको छ ।