२४ जेठ २०८३, आइतबार

तीज नजिकिएसँगै बढ्यो कलाकारको व्यस्तता बढ्यो

साउन २७, २०७८
तीज नजिकिएसँगै बढ्यो कलाकारको व्यस्तता बढ्यो

 तीज   नजिकिएसँगै   गायक   तथा   मोडलहरूको  व्यस्तता  बढेको  छ  ।  निषेधाज्ञा  खुकुलो  भएपछि तीजलाई लक्षित गरेर गीतहरू सार्वजनिक गर्ने, भिडियो छायाङ्कन तथा गीत रेकर्डिङ गर्नेको व्यस्तता बढ्न थालेको हो ।

कतिपय  गायक,  गायिकाले  आफ्नो  गीतहरू  छायाङ्कन गरिसकेका छन् भने कतिपय रेकर्डिङ सकेर छायाङ्कनको दौडधुपमा भेटिने गरेका छन् । गायिकाद्वय रचना रिमाल, समीक्षा अधिकारी, दुर्गा पौडेल पनि तीजको गीत बजारमा ल्याउने सुरमा छन् । चलचित्रको  काम  सुरु  नहुँदा  वर्षा  राउत,  नीता  ढुङ्गाना,  वर्षा  शिवाकोटी,  आकाश  श्रेष्ठ,  पूजा  शर्मालगायतका कलाकार पनि अचेल म्युजिक भिडियोमा व्यस्त देखिएका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्