
लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा शुरू भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको बैठक मुख्यमन्त्री निवासमा शुरू भएको हो ।
निवासमै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् ।
संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रसस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
एमालेले बैठकबाट हुने निर्णयहरु भने १२ः३० बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए । आज १ बजेबाट शुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव उपर छलफल हुँदैछ ।