२८ जेठ २०८३, बिहीबार

विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : शेखर काेइराला

विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : शेखर काेइराला
फाइल तस्वीर।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् । 

पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याई वितरण गरिएका सदस्यता पनि रोकिनु पर्ने उनले माग गरेका छन् । 

‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्