१२ असार २०८३, शुक्रबार

ओलीलाई ‘महाराजा नेता’ भनेर स्थापित गर्दा एमालेलाई फाइदा गर्छ : सांसद अछामी

ओलीलाई ‘महाराजा नेता’ भनेर स्थापित गर्दा एमालेलाई फाइदा गर्छ : सांसद अछामी

राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की ‘अछामी’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘महाराजा नेता’ भनेर स्थापित गर्दा एमालेलाई फाइदा हुने व्यंग्य गरेका छन् ।

बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद अछामीले ओलीले प्रतिगमन, भ्रष्टाचार र कुशासनको नेतृत्वको गरेको आरोप लगाए ।

उनले भने, ‘यहाँ केपी कमरेडलाई राजनेता भन्नुभयो, उहाँलाई महाराजा नेता भन्दाखेरी अझै राम्रो हुन्छ भन्ने लाग्छ । उहाँले प्रतिगमनको नेतृत्व गर्नुभयो, भ्रष्टाचारको नेतृत्व गर्नुभयो, कुशासनको नेतृत्व गर्नुभयो, त्यसकारणले उहाँलाई राजनेता होइन, महाराजा नेता भनेर स्थापित गर्दा नेकपा एमालेलाई फाइदा गर्छ ।’

सत्तारुढ गठबन्धनले लोकतान्त्रिक संस्कृतिको विकास गरिरहेको बताए । 

उनले भने, ‘केपी कमरेडले २/२ चोटी संसदमाथि प्रहार गर्नुभयो, संसद विघटन गर्नुभयो, लोकतन्त्रमाथि प्रहार गर्नुभएकाले प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल, उपेन्द्र यादव लगायतका ५ राजनीतिक दलको गठबन्धन बनेर प्रतिगमनविरुद्ध प्रहार गरेका थियौं, प्रतिगमनलाई सच्याएर संविधानलाई ट्रयाकमा ल्याउने र लोकतन्त्रलाई बचाउने संस्कृतिको रूपमा अगाडि बढिराखेका छौं, यसले राम्रो सन्देश दिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्