३२ असार २०८३, बिहीबार

आचारसंहिताको ‘धज्जी उडाएर’ चुनावी प्रचारमा दलहरु

कात्तिक २०, २०७४
आचारसंहिताको ‘धज्जी उडाएर’ चुनावी प्रचारमा दलहरु

उदयपुर, २९ जेठ– सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् ।

नेपाली कांग्रे, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् ।

राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसर वरपरसमेत पार्टीका झन्डा र ब्यानर राखेको पाइएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेकोछ । तर यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन् ।

‘चियापसलदेखि व्यापारीलाई समेत टिसर्ट लगाउन भनेर बाँड्दै हिँडेका छन्,’ गाईघाटका व्यवसायी ध्रुव राउतले भने ।

यस्तै राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन् । त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदन्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताए । सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराइने उनको भनाइ छ ।

गाईघाटका व्यवसायी विनोद साह भन्छन्, ‘मेरो घरको अगाडि आएर सबै राजनीतिक दलले झन्डा गाडेर गएका छन्, मलाई नसोधी मेरो घरको दलानमा झन्डा गाडेका छन्, यसले मलाई पनि असर गरेको छ ।’

सर्वसाधरणलाई अहिले राजनीतिक दलले टिसर्ट वितरण गर्न थालेका छन् । सवारी चालक, होटल मजदुरदेखि घर निर्माणमा संलग्न मजदुरलाई समेत राजनीतिक दलले टिसर्ट वितरण गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्