२९ जेठ २०८३, शुक्रबार

‘टाउकोको मूल्य तोक्नेहरू र तोकिमाग्नेहरू एउटै महागठबन्धनमा देखिँदा अचम्म लागिरहेको छ’

‘टाउकोको मूल्य तोक्नेहरू र तोकिमाग्नेहरू एउटै महागठबन्धनमा देखिँदा अचम्म लागिरहेको छ’
फाइल फोटो

राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ माओवादी युद्धका बेला टाउकोको मूल्य तोक्नेहरू र तोकिमाग्नेहरू एउटै महागठबन्धनमा देखिँदा अचम्म लागिरहेको बताएका छन् ।

बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै श्रेष्ठले सत्तारुढ गठबन्धन अल्मलिएको आरोप लगाए ।

सांसद श्रेष्ठले भने, ‘हामीले विगत सम्झेका छौं । नेकपा माओवादी र नेपाली कांग्रेस मिलेर जसरी महागठबन्धन बनाउनुभएको छ, न दृष्टिकोण प्रस्ट छ, न विचार प्रस्ट छ । म यहीँ मञ्चबाट भन्न चाहन्छु – कुनै बेला नेपाली कांग्रेसको शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरी माओवादी युद्धमा लागेका तमाम मान्छेलाई आतंककारीको संज्ञा दिएर टाउकोको मोल तोक्ने काम भएको थियो । आज टाउकोको मूल्य तोक्नेहरू र टाउकोको मूल्य तोकिमाग्नेहरू एउटै महागठबन्धनमा देखिँदा मलाई अचम्म लागिरहेको छ । त्यसैगरी पहिलो संविधानसभा विघटन गरेर, त्यसको विकल्प समेत नदिएर हिँड्ने पूर्व प्रधानमन्त्री यही गठबन्धनमा सामेल हुनुभएको छ । संघीयताको विरुद्ध आफ्ना मत राख्ने सांसद यही गठबन्धनमा छन् । यो आफैं अल्मलिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्