२६ जेठ २०८३, मंगलबार

कार्यभार सम्हाल्दै कुलमानले भने : प्राधिकरणको आवश्यकता र जनताको चाहनाका कारण फेरि आएँ

कार्यभार सम्हाल्दै कुलमानले भने : प्राधिकरणको आवश्यकता र जनताको चाहनाका कारण फेरि आएँ

नेपाल विद्युत प्राधिकरणका  नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले प्राधिकरणको आवश्यकता, सरकारको इच्छा र जनताको चाहनाका कारण पुनर्नियुक्ति पाएको बताएका छन् । 

बुधवार दिउँसो पदभार ग्रहण गर्दै उनले आफूले दोस्रो पटक प्राधिकरणमा आएर ठूलो चुनौतीको सामना गरेको बताए । 

उनले भने,‘मैले सायद जीवनमै पहिलो पटक यति रिस्क मोलेँ होला, प्राधिकरणको आवश्यकताका कारण यहाँ फेरि आएँ ।’

उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले सम्मान गरेर राम्रो ठाउँमा पठाएको समेत सुनाए । 

उनले भने,‘उहाँलाई सम्मान नै भएको छ भन्ने मैले महशुस गरेको छु ।’

उनले प्राधिकरणलाई माथि उठाउनका लागि आगामी दिनमा सेवालाई अझै राम्रो बनाउनेतर्फ लाग्ने बताए । 

उनले भने,‘यी नै सेवाहरूलाई एकदमै राम्रो किसिमले अगाडि लैजानुपर्छ,  विभिन्न किसिमको गुनासो आउँछ, त्यसलाई पहिलो प्राथमिकता दिएर गुनासो व्यवस्थापन गर्नुपर्छ ।’

उनले सुशासनको विषयलाई महत्व दिएर अगाडि बढ्ने बताए । 

उनले भने,‘सुशासन र गुणस्तरीय सेवालाई एकदमै महत्व दिनुपर्ने छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्