०१ असार २०८३, सोमबार

ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु

साउन २७, २०७८
ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै बुधवार बिहान ट्रयाक्टर पल्टिँदा १ युवकको मृत्यु भएको छ । 

नम्बर मेटिसकेको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्रयाक्टर मजदुरको रूपमा काम गर्ने बताइएको छ । 

ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रयाक्टरका चालक र ट्रयाक्टर धनी फरार रहेकाले उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्