२१ जेठ २०८३, बिहीबार

१ नम्बर प्रदेशमा ८८५ जनामा कोरोना संक्रमण

साउन २७, २०७८
१ नम्बर प्रदेशमा ८८५ जनामा कोरोना संक्रमण
प्रतिकात्मक तस्वीर

पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जसमा १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९, तेह्रथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, खोटाङ र भोजपुरमा १/१ र प्रदेश बाहिरका १८ जनामा संक्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा बुधवार ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्