
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झिनो अंकले बढेको छ ।
मंगलबार उच्च अंकले बढेको नेप्से बुधवार भने सुस्ताएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से ३ हजार १६२.५९ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ विन्दुले घटेर ५८५.७१ मा पुगेको छ । कूल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ मूल्यमा कारोवार भयो ।
नेप्सेका अनुसार कारोवार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर उकालो लागेको छ भने ८ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
बैंकिङ १४.१७, व्यापार ४९.६५, विकास बैंक ४१.२, वित्त १९.६६, उत्पादन ३.८४, अन्य १२.४३, सामूहिक लगानी कोष ०.११ र लगानी १.०३ विन्दुले घटेको छ । होटल तथा पर्यटन १०२.९१, जलविद्युत् १४४.७९, निर्जीवन बीमा ७.९९ र जीवन बीमा १०.०५ विन्दुले बढेको छ ।
कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६८ करोड ३० लाख ७१ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर ५७ करोड ३७ लाख ७० हजार ६७९, अरुण काबेली पावर ५६ करोड १२ लाख ९३ हजार, अपि पावर कम्पनी ५३ करोड १७ लाख ४५ हजार ३८७ र आईसीएफसी फाइनान्स र ५१ करोड ५१ लाख १३ हजार ३४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
बुधवारको कारोबारमा विभिन्न ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लागेको छ ।
जानकी फाइनान्स ४.१७, एचआईडीसीएल ३.३९, गुर्खाज फाइनान्स ३.१६, वेष्ट फाइनान्स ३.१६ र एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीले ३.१३ प्रतिशतले गुमाए ।