०२ असार २०८३, मंगलबार

फैसलाबारे चोलेन्द्रले भने–दोष दिने काम नगरौँ

फैसलाबारे चोलेन्द्रले भने–दोष दिने काम नगरौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरे ।  नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्याय पालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए , उनले भने, ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्याय पालिकालाई निरन्तर अघि बढिरहन दिनु पर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न । र महत्व पनि दिनु हुन्न । यो आफै महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि माग निर्देशन गर्दछ । नागरिक भित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन । देशका सबै निकायहरु यसै अन्तरगत पर्दछन ।’
प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दवाव र प्रभावमा परेर फैसला गर्ने नगरेको दावी समेत गरे ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्