काठमाडौं, २९ जेठ– विक्रम सम्बत् २००७ सालमा स्थापना गरिएको राजधानीको गोकर्णेश्वर नगरपालिका ९ स्थित अरुणोदय माविको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्य, प्रधानाध्यापक कृष्णप्रसाद नेपाल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्य, प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, चामुण्डा माविका प्रधानाध्यापक यादव प्रसाद पौडेल, महेन्द्र बौद्ध माविका प्रधानाध्यापक हरिभक्त श्रेष्ठ लगायतका वक्ताहरुले सामुदायिक विद्यालयकहरुको स्तर उकास्न सबैको सहयोग आवश्यक भएको बताएका थिए ।
सिमित स्रोत साधनका बाबजुद सामुदायिक विद्यालयहरुले मुलुकको शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएको वक्ताहरुको भनाइ थियो । करीब एक हजार विद्यार्थी अध्ययनरत अरुणोदय मावि मुलुककै उत्कृष्ट सामुदायीक विद्यालयहरु मध्ये एक मानिन्छ ।