०४ असार २०८३, बिहीबार

अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी

साउन २८, २०७८
अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिक रूपमा प्रचलनमा आउने भएकोे छ । विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ ।

आउँदो अक्टोबरको अन्तिम  सातादेखि तीन महिनाको  परीक्षणकाल  सुरु  गर्ने  योजना  विभागले  अघि  सारेको  विभागका  महानिर्देशक  डोरनाथ  अर्यालले  बताए ।  परीक्षणकाल  सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो  सातादेखि  विद्युतीय  राहदानी  प्रचलनमा  ल्याउने तयारी छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्