१३ असार २०८३, शनिबार

चुडामणि शंलग्न ११ सय फाईल अख्तियारको नियन्त्रणमा

कात्तिक २०, २०७४
चुडामणि शंलग्न ११ सय फाईल अख्तियारको नियन्त्रणमा

काठमाडौं, २९ जेठ –राजश्व हिनामिनाको अभियोगमा हाल थुनामा रहेका आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुणामणि शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर अनुसन्धान थालेको छ ।

अख्तियार स्रोतका अनुसार शर्मामाथि अनुसन्धानका लागि गैरकानूनी रुपमा राजश्व छुट दिइएकासँग सम्बन्धित १ हजार ६९ फाइल नियन्त्रणमा लिइएको छ । अझै सबै फाइल प्राप्त नभएको अख्तियारले जनाएको छ ।

‘राजश्व छुट दिइएका फाइलमध्ये १ करोड रुपैयाँभन्दा बढी छुट दिइएका ८७ फाइल खोलेर त्यसको अनुसन्धान गरिरहेका छौं,’ अख्तियार स्रोतले भन्यो, ‘यसले राजश्व छुटको करीव ९९ प्रतिशत हिस्सा ओगट्छ ।’


कर फस्र्योट आयोगका पदाधिकारी सम्पर्कविहीन
नियन्त्रणमा लिएर शर्मामाथि अनुसन्धान थालिएपछि राजश्व छुटमा भूमिका खेल्ने तत्कालिन कर फस्र्योट आयोगका पदाधिकारी पछिल्लो समय गायव भएको अख्तियार स्रोतले जानकारी दिएको छ । शर्मा पक्राउ परेपछि उक्त आयोगका अध्यक्ष लम्बध्वज महत र सदस्य उमेश ढकालमाथि पनि अनुसन्धानका लागि सम्पर्क गर्न खोज्दा ती पदाधिकारी गायव भएका स्रोतले बतायो ।

‘उनिहरूलाई आइतवार (हिजो) पत्र काटिएको छ,’ स्रोतले भन्यो, ‘तर, ती व्यक्तिहरू सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ ।’ आयोगले तीन दिनको म्यादसहित दुवैजनालाई पत्र काटेको हो ।

कर फस्र्योट आयोगका ती पदाधिकारीले गैरकानूनी रुपमा २१ अर्ब रुपैयाँ कर छुट दिई राज्यलाई नोक्सानी पु-याएको महालेखापरिक्षकको ५४ औं प्रतिवेदनमा उल्लेख छ ।

शर्मामाथिको अनुसन्धानका लागि अझै १ महिनाभन्दा बढी समय लाग्ने अख्तियारले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्