१७ असार २०८३, बुधबार

नक्कली प्रमाणपत्रधारी वडा सचिव अख्तियारको नियन्त्रणमा

कात्तिक २०, २०७४
नक्कली प्रमाणपत्रधारी वडा सचिव अख्तियारको नियन्त्रणमा

काठमाडौं, २९ जेठ
–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार एक नक्कली प्रमाणपत्रधारी वडा सचिवलाई नियन्त्रणमा लिएको छ । आयोगले चितवन जिल्लाको माडी नगरपालिको ७, ८ र ९ वडाको संयुक्त वडा कार्यालयका सचिव भानुभक्त आचार्यलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसहित नियन्त्रणमा लिएको हो ।

आयोगले वडा सचिव आचार्यलाई नेपाल सरकारको एसएलसी बोर्डअन्तर्गत नन्दी माध्यमिक विद्यालय, नक्सालबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र र भुटा विवरणसहित नियन्त्रणमा लिएको हो ।

आचार्यले सरकारी सेवामा बहाल रहने, बढुवा हुने र सो हैसियतले लाभ तथा सुविधा पाउने उद्देश्यले नक्कली प्रमाणपत्र लिएको अख्तियारले जनाएको छ ।

आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन मागदाबी लिई सोमवारै विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्