०५ साउन २०८३, मंगलबार

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न– पाँचदलीय गठबन्धनमा कुन–कुन दल छन् ?

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न– पाँचदलीय गठबन्धनमा कुन–कुन दल छन् ?

अर्थमन्त्री जनार्दन शर्माले पाँच दल मिलेर सत्ता गठबन्धन बनेको बताएपछि एमाले सांसदले गठबन्धनमा रहेका ५ दलको नाम सोधेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गठबन्धनमा रहेका पाँच दलको नाम सोधेका हुन् ।

‘अर्थमन्त्रीज्यूले श्वेतपत्र पढ्ने क्रममा ५ दलीय गठबन्धन भन्नुभयो, त्यो गठबन्धनका पाँच दल कुन–कुन हुन् ?’ श्रेष्ठले प्रश्न गरे ।

जवाफका क्रममा मन्त्री शर्माले गठबन्धनमा पाँच दल नै सहभागी रहेको बताए । 

‘गठबन्धनमा राजनीतिक दल नै छन्, दुईतीनवटा कम्युनिस्ट पार्टी, जसपा लगायत छन्,’ मन्त्री शर्माले भने ।

कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन् । 

शुरूमा गठबन्धन बन्दा नेकपा एमालेको माधव नेपाल पक्ष सहभागि थियो ।

एमाले सांसदले सोधेको पाँचौ दल एमालेको माधव नेपाल पक्ष भएपनि मन्त्री शर्माले दुई तीनवटा कम्युनिस्ट पार्टी रहेको भन्दै ट्याक्टिकल जवाफ दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्