०९ साउन २०८३, शनिबार

खगराज अधिकारीको चेतावनी: अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार नगरे संसद चल्न सक्दैन

खगराज अधिकारीको चेतावनी: अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार नगरे संसद चल्न सक्दैन
फाइल फोटो

नेकपा एमालेका सांसद एवं ओली सरकारमा छोटो समय गृहमन्त्री बनेका खगराज अधिकारीले अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

तत्काल उद्धार नगरे सदनमा सरकारलाई काम गर्न नदिने उनले चेतावनी दिए । 

‘नेपालीहरूको मन दुखेको छ, अफगानिस्तानमा नेपाली अलपत्र छन्, अफगानिस्तानमा अलपत्र नेपालीलाई ल्याउन नसके यो सरकारलाई नालायक सरकार भनिने छ । अलपत्रलाई उद्धार नगरे संसदमा सरकारले काम गर्न सक्ने छैन,’ अधिकारीले बिहीवार प्रतिनिधिसभा बैठकको शून्य समयमा भने । 

salt training

कमेन्ट गर्नुहोस्