१६ असार २०८३, मंगलबार

कर्णाली प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच कृषकहरूलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने समझदारी

कर्णाली प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच कृषकहरूलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतबीच कर्णाली प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कर्णाली प्रदेश सरकार, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र ग्लोबल आइएमई बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको “व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६”अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकहरुका लागि व्याज अनुदान कार्यक्रम संचालन र सो सम्बन्धी व्यवसाय विकास मार्फत कृषकहरूको रोजगारीमा बृद्धि गरी उनीहरुको जीवन स्तरमा सुधार गर्ने उद्देश्यले सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ ।

यस ब्याज अनुदान कार्यक्रम संचालनका लागि नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्