३२ असार २०८३, बिहीबार

मुख्यमन्त्री केसीले लिए पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री केसीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश प्रमुख कार्यालयमा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

केसी ४ दलीय गठबन्धनको सरकारमा मुख्यमन्त्री बनेका छन् । 

रोल्पाको निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रत्यक्ष निर्वाचित केसी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।

माओवादी केन्द्र र एमाले अलग–अलग भएपछि उनले वैशाख ६ गते राजीनामा दिएर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । 

लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका उनी लुम्बिनी प्रदेश सभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्