०६ असार २०८३, शनिबार

काबुलले हिंसा अन्त्य गर्न तालिबान समूहलाई शक्ति साझेदारीको प्रस्ताव

साउन २८, २०७८
काबुलले हिंसा अन्त्य गर्न तालिबान समूहलाई शक्ति साझेदारीको प्रस्ताव

अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।

कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।

सरकारी अधिकारीले भने, “सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ ।”

यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् ।  घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्