०४ असार २०८३, बिहीबार

नाग मूर्ति स्थापनासहित विधिपूर्वक प्राणप्रतिष्ठा

साउन २८, २०७८
नाग मूर्ति स्थापनासहित विधिपूर्वक प्राणप्रतिष्ठा

पोखरा महानगरपालिका–१७ स्थित म्यूजियम मार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ ।

स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।

शिवको महिना साउनको चौथो सोमबारदेखि प्रत्येक दिन बिहान सोडसोपचार विधिबाट पूजा आरधना एवं साझ धुप आरतीसहित शिलामा नाग भगवान्लाई आह्वान गरिएको पूजा व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए । यसवर्षको नागपन्चमी भोलि परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्