२५ जेठ २०८३, सोमबार

काँग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

काँग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् । यस अघि गौतम सचेतक रहेका थिए ।

यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका छन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त बनेका हुन् । काङ्ग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्